पानी राख्ने प्लाष्टिकको ट्यांकीभित्र गाँजा, एकजना पक्राउ

DigitalNepal Portal

२०७८ श्रावन २७ गते प्रकाशित

१ भदौ, जनकपुरधाम । जनकपुरबाट प्रहरीले पानी राख्ने प्लाष्टिकको टयांकीभित्रबाट लागूऔषध गाँजा बरामद गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका-४ स्थित मुरली चोकबाट बा ५ च १४० नम्बरको पिकअप गाडीमा रहेको प्लाष्टिकको टयांकीभित्रबाट १ क्वीन्टल २० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ सिरान चोक बस्ने ३२ वर्षीय बीरबहादुर ब्लोन रहेका छन् ।५ सय लिटर पानी अट्ने प्लाष्टिकको ट्यांकीभित्र १० वटा पोकामा गाँजा राखिएको पाइएको धनुषाका प्रहरी प्रबक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।गाँजासहित पक्राउ परेका ब्लोनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
हाम्रो बारेमा