एमालेले बोलायो स्थायी कमिटी र संसदीय दलको बैठक

DigitalNepal Portal

२०७८ श्रावन ३० गते प्रकाशित

३२ साउन, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान एघार बजे स्थायी कमिटी बैठक बोलाइएको छ । स्थायी कमिटी बैठक पछि संसदीय दलको बैठक बस्दैछ ।दुवै बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि बोलाइएको छ । ‘राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक बोलाइएको हो’, प्रमुख सचेतक विशाल भट्टराईले भने । सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । ‘संसद् अन्त्य गरिएकाले नियमित बैठक बस्न लागेको हो । संसद् अधिवेशन अन्त्य हुँदा र शुरु हुँदा दलको बैठक बस्नु नियमित प्रक्रिया नै हो’, भट्टराईले भने ।सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।
हाम्रो बारेमा