थप ३,२७४ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्‍यु

DigitalNepal Portal

२०७८ श्रावन २८ गते प्रकाशित

१ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,२७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।११ हजार ५ सय ६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६ जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८ सय १८ गरी ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ९२९ जना निको भएका छन् ।मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३७ हजार २२९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ भने ६ लाख ८७ हजार ६९ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ जना रहेका छन् । जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९० जना आईसीयू र १९१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ६१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।कुन जिल्लामा कति संक्रमित थपिए ?स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ६७३, कास्कीमा २३४, ललितपुरमा २१९, मोरङमा १४७, भक्तपुरमा १४१, सुनसरीमा १०४ र तथा चितवन र गोरखामा १०३/१०३ जनामा कोरोना संक्रमण देखिएको छ ।यस्तै झापामा ९२, रुपन्देहीमा ६८, नवलपारसी पूर्वमा ४६, नुवाकोटमा ३८, मकवानपुरमा ३६, सुर्खेतमा ३५ र दोलखामा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।काभ्रेपलाञ्चोक र स्याङजामा २७/२७ जना, बागलुङमा २२, पाल्पामा २१/२१ जना, बाँकेमा १८, रामेछाप र गुल्मीमा १६/१६ जना, दाङमा १४, कपिलवस्तुमा १३, इलाम, सिन्धुली, तनहुँ र अर्घाखाँचीमा ११/११ जना र नवलपरासी पश्‍चिममा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाम्रो बारेमा