प्रधानमन्त्री देउवा र डा. केसीबीच भेटवार्ता

DigitalNepal Portal

२०७८ भाद्र ०३ गते प्रकाशित

१ भदौँ, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवा र डा. गोविन्द केसीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा प्रधामन्त्री देउवा र डा.केसीबीच भेटवार्ता भएको हो । यसअघि डा. केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँचबुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका थिए । उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

हाम्रो बारेमा