राजनीतिक दलसम्बन्धी अध्यादेशको सत्तारुढ कांग्रेसभित्रै विरोध

DigitalNepal Portal

२०७८ श्रावन २५ गते प्रकाशित

१ भदौ, काठमाडौं । राजनीतिक दल विभाजनलाई सहज बनाउने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको सत्तारुढ पार्टी नेपाली कांग्रेसभित्रै विरोध भएको छ ।कांग्रेस नेता डा. शेखर कोइरालाले ट्विट गर्दै अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने बताएका छन् । ‘सरकार सञ्चालनको सुविधाको लागि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको हुनसक्छ तर अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न सकिन्न,’ कोइरालाले ट्विटरमा लेखेका छन्, ‘सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउनुपर्थ्यो । यो चुक प्रधानमन्त्रीबाट भयो । यो कांग्रेसको संस्कार होइन ।’यस्तै, कांग्रेसका अर्का नेता प्रदीप पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा आफूहरुले विरोध गरेको स्मरण गरेका छन् ।‘हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार ग¥यौं । आज संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्तिभन्दा फरक छैन,’ उनले ट्विट गर्दै भनेका छन्, ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’
हाम्रो बारेमा