माधव नेपाल समूहका सांसद खतिवडा भन्छन्- यथास्थितिमा हो भने आवश्यक प्रक्रिया शुरु गर्छौं

DigitalNepal Portal

२०७८ श्रावन २४ गते प्रकाशित

१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसद विरोध खतिवडाले अझै पनि पार्टी एकताको सम्भावना कायमै रहेको बताएका छन् ।सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेपाल समूहका सांसदहरु बानेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा सहभागी सांसद खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले दल विभाजन गर्न चाहेको, तर आफूहरुले एकताका लागि पहल गरिरहेको बताए । एमाले सांसद खतिवडा भन्छन्, ‘२८ फागुन यताका सबै निर्णयहरु आज राति नै फिर्ता लिएर हाम्रा मागहरुमा सकारात्मक भए अर्को बाटो हिँड्नु नपर्ने हुनसक्छ । यथास्थितिमा हो भने हामी आवश्यक प्रक्रिया शुरु गर्छौं ।’
हाम्रो बारेमा