भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णयविरुद्ध माइतीघरमा प्रदर्शन (फोटो फिचर)

DigitalNepal Portal

२०७८ श्रावन २७ गते प्रकाशित

१ भदौ, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमिहीनहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।अखिल नेपाल किसान संघ र नेपाल भूमिहीन सुकुम्बासी संगठनले मंगलबार माइतीघर मण्डलामा संयुक्त रुपमा सडक प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हाम्रो बसोबासको ग्यारेन्टी गर’, ‘भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने निर्णय फिर्ता गर,’ ‘भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीको जमिन पाउने संवैधानिकअधिकार कार्यान्वयन गर’, लगायतका प्लेकार्ड बोकेका थिए ।साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको थियो ।हेर्नुहोस् तस्वीरहरु
हाम्रो बारेमा