बागमती प्रदेशको प्रदेशसभा बैठक आज

DigitalNepal Portal

२०७८ श्रावन २४ गते प्रकाशित

१ भदौ, बागमती (हेटौंडा) । बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज मंगलबार दिउँसो दुई बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए । यसैगरी उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन् । प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको हो ।
हाम्रो बारेमा