लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन शुरु हुँदै

DigitalNepal Portal

२०७८ श्रावन २९ गते प्रकाशित

१ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि शुरु हुँदैछ ।शंकर पोखरेल नेतृत्वको सरकारको वहिर्गमनपछि साउन २७ गते चार दलको समर्थनमा माओवादी केन्द्रका कूलप्रसाद केसी मुख्यमन्त्री बनेपछि प्रदेश प्रमुखले नियमित अधिवेशन आह्वान गरेका हुन् । दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने वैठकमा मुख्यमन्त्री के.सी.ले सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि छ ।यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि छ ।अधिवेशन शुरु भएपछि एक/दुई दिनमै सरकारले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई विस्तार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले बताए ।लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा माओवादी संसदीय दलका नेता केसी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
हाम्रो बारेमा