एमालेको स्थायी कमिटी बैठक आज बस्दै

DigitalNepal Portal

२०७८ श्रावन २३ गते प्रकाशित

१  भदौ, काठमाडौं । नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । आज मंगलबार बिहान ११ बजे बैठक बोलाइएको छ ।सरकारले संसद् अधिवेशन अन्त्य गरे लगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोपूर्वक हेरिएको छ । सोमबार राति अध्यक्ष ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन् ।सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेका हुन् । साथै उनले एमाले एकताका लागि आह्वानसमेत गरेका छन् ।आजै एमालेले संसदीय दलको बैठक पनि बस्दैछ । संसद अधिवेशन अन्त्य भए लगत्तै बोलाइएको यो बैठक नियमित भएको संसदीय दलका नेता प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।यो पनि पढ्नुहोस निर्णायक मोडमा एमाले
हाम्रो बारेमा