आमरण अनसन फिर्ता लिन भूपू ब्रिटिश गोर्खाहरुलाई सरकारको आग्रह

DigitalNepal Portal

२०७८ श्रावन २९ गते प्रकाशित

३२ साउन, काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ । त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गर्छौं ।’आफूहरु विरुद्ध भेदभाव भएको भन्दै पूर्वगोर्खा सैनिकहरु बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि अनशन बसेका छन् ।त्यसअङि गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो ।यो पनि पढ्नुहोस अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्धार गर्ने सरकारको निर्णय
हाम्रो बारेमा