सभामुखको रुलिङ : अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्धार गर

DigitalNepal Portal

२०७८ श्रावन २३ गते प्रकाशित

३२ साउन, काठमाडौं । प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसबारे आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेको थियो ।एमाले सांसद गोकुल बास्कोटाले २० वर्षपछि इतिहास दोहोरिएको र दुनियाँसँगै त्यहाँ नागरिकहरु त्रसित रहेको बताए । तर सरकार मौन रहेको भन्दै उनले भनेका छन्, ‘तर कम्फर्टेबल सरकार जनकवि केशरीले भने जस्तो दुनियाँभर मादल बज्दा पनि ब्यूँझिएन । उसले केही थाहा पाएन ।’सरकार गैरजिम्मेवार भएको भन्दै उनले त्यहाँ रहेका नागरिकहरुको रक्षा हुनुपर्ने र फिर्ताको व्यवस्था मिलाउनुपर्ने बताए । उनले अघि भने, ‘यो कुनै प्रतिवद्धताले पुग्दैन, काम हुनुपर्छ ।’ अफगानिस्तानको घटना के हो ? यसबाट नेपालले के सिक्ने भनेर सरकारले बोल्नुपर्ने एमाले सांसद बास्कोटाले बताए ।अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ असुरक्षा बढेको छ र धेरै देशले आफ्ना नागरिक फिर्ता लगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पनि अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको थियो ।
हाम्रो बारेमा