प्रदेश १ को प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस

DigitalNepal Portal

२०७८ श्रावन २२ गते प्रकाशित

३२ साउन, विराटनगर । प्रदेश १ सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमथान अधिकारी समक्ष सिफारिस गरेको हो । प्रदेश सरकारले सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले दलहरु भित्र आन्तरिक समस्या र प्रदेशसभाको बैठकप्रति रुची कम देखिएका कारण अधिवेशन अन्त्यका लागि सिफारिस गरेको बताए ।प्रदेश नामाकरणको विषय चालू अधिवेशनबाट टुङ्गो लगाउने विषयमा आन्तरिक छलफल भएपनि अघि नबढेको उनले बताए ।‘संसदको छलफलमा भाग लिने संख्या पनि कम भयो, हिजो ८ वटा ऐन संशोधन विधेयकमा दुई जनाले बोल्नुभयो,’ उनले भने, ‘दलहरुमा पनि आन्तरिक समस्या छ ।’

हाम्रो बारेमा