रौतहटमा लागूऔषधसहित

DigitalNepal Portal

२०७८ कार्तिक ०९ गते प्रकाशित

१ भदौ, रौतहट । रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया (न्युज पोर्टल) संचालकसहित दुई जना पक्राउ परेका छन् ।सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका-८ का मो. मोजिबुल्लाह र राजपुर नगरपालिका-७ का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाई १०५ थान लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको हो । मो. मोजिबुल्लाह रौतहटबाट संचालन हुने अनलाइनका सञ्चालक हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलिले अदालत पछाडिको सडकमा बिआर३०एस १८८५ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरियाले बताए ।पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धान पछि लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउने डीएसपी चिमरियाले बताए । 

हाम्रो बारेमा