काठमाडौंमा राति ९ बजेपछि देउसी भैलो खेल्न नपाइने

Bk singh

२०७८ कार्तिक १७ गते प्रकाशित

१६ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ९ बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने काठमाडौं प्रशासनले निर्णय गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न/ गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ ।

हाम्रो बारेमा