तीनकुने सामूहिक हत्याका आरोपीको बयान- बहिराप्रति विभेद गर्दा थप ९ ठाउँ मान्छे मारेको छु

DigitalNepal Portal

२०८० असोज २६ गते प्रकाशित

२६ असोज, काठमाडौं । तीनकुनेमा एक महिनाअघि भएको चार जनाको सामूहिक हत्यामा संलग्न सञ्जय भण्डारीले विशाल राईले चढाएको मोटरसाइकलले ठक्कर दिएको झोँकमा एक जनाको हत्या गर्न जाँदा अरु पनि परेको बयान दिएका छन् ।

 

सरकारी वकिलको रोहबरमा प्रहरीसँग दिएको बयानमा उनले भनेका छन्, ‘म तीक्ष्ण क्षमता भएको व्यक्ति हुँ, एकपटक देखेको व्यक्तिलाई सधैं चिन्न सक्छु र हरेक कुरा लामो समयसम्म दिमागमा राख्न सक्छु ।’
मोटरसाइकलले ठक्कर दिँदा चालकको अनुहार, आँखा, शरीरको जिउडाल लगायतका हुलिया राम्रोसँग नियालेका कारण स्मरण भइहेको उनले बताएका छन् ।

हाम्रो बारेमा