माधव नेपाल पक्षलाई माफी दिन हुँदैन : सांसद प्याकुरेल

DigitalNepal Portal

२०७८ श्रावन २९ गते प्रकाशित

१ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदहरुले माधव नेपाल पक्षलाई माफी नदिने बताएका छन् । मंगलबार काठमाडौंमा भएको ओली पक्षका सांसदहरुको अनौपचारिक छलफलमा सहभागी सांसदहरुले माधव नेपाल पक्षलाई माफी दिन नहुने धारणा राखेका हुन् ।छलफलपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्नेलाई माफी दिन नसकिने बताए । सांसद प्याकुरेलले सरकारले जारी गरेको पार्टी विघटन सम्बन्धी अध्यादेश बहुदलीय व्यवस्थाको सिद्वान्त बाहिर भएकाले त्यसलाई विरोध गर्ने बताए ।‘दलीय व्यवस्थामा दलको अनुशासन र ह्वीप उल्लंघन गर्ने कुरालाई माफी दिन सकिएन, पार्टीभित्रको कारबाहीको कुरा स्वभाविक हो, पार्टी विरोधी गतिविधि गर्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्छ, पार्टी अब चुप लाग्दैन, पार्टीले कारबाही अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘पार्टीविरुद्धका गतिविधिमा लाग्नेहरुलाई पार्टीले कारबाही गरेर अगाडि बढ्नुपर्छ भन्ने आम कार्यकर्ताको माग छ, त्यो अनुसार पार्टी अगाडि बढ्छ ।’उनले जारी अध्यादेश एमालेलाई ‘टेकडाउन’ गर्नका लागि ल्याइएको आरोप समेत लगाए ।
हाम्रो बारेमा