सप्तरीमा डुबेर तथा करेन्ट लागेर दुईजनाको मृत्यु

DigitalNepal Portal

२०७८ श्रावन २६ गते प्रकाशित

१ भदौ, सप्तरी । सप्तरीमा भएको छुट्टाछुट्टै दुई घट्नामा दुई जनाको डुबेर मृत्यु भएको छ । एक जनाको डुबेर तथा अर्काको करेन्ट लागेर मृत्यु भएको छ ।खडक नगरपालिका ३ बनरझुल्ला बस्ने २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको छ । घरदेखी करिब १ सय ५० मिटर पश्चिम नारायण चौधरीको आँप बगैचामा माछा मार्न गएको अवस्थामा बगैचामा रहेको पानीमा लडेर अचेत भएका थिए । स्थानीयले उनलाई उद्धार गरी युनिक अस्पताल रुपनी ल्याएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । यस्तै, कंचनरुप नगरपालिकामा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिकाको वडा नम्बर १० बदगामा बस्ने २५ बर्षीय बैजु यादव छन् । छिमेकी केशरी पासवानको घरमा काम गर्न गएको बखत फलामको रड काट्ने क्रममा उनलाई अचानक करेन्ट लोको थियो ।करेन्ट लागेर सिकिस्त भएका उनको गजेन्द्र नारायण सिंह राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
हाम्रो बारेमा