जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा

DigitalNepal Portal

२०७८ श्रावन २६ गते प्रकाशित

१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका  १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए ।उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा बाढी सिधै बस्तीमा पसेको छ । बाढी बस्तीमा पसेपछि गाउँपालिका अध्यक्ष सतिष सिंहसहितको टोली त्यसतर्फ गएको झाले बताए ।
हाम्रो बारेमा