मानवीय कार्यलाई निरन्तरता दिने तालिबानको आश्वासन

DigitalNepal Portal

२०७८ श्रावन २८ गते प्रकाशित

१ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने बताएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहितको वक्तव्य दिँदै मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्यलाई जारी राख्ने तालिबानले बताएको हो ।यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले यो आश्वासनले मूर्त रुप पाए अहिले सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सहयोग पुर्‍याउन सहयोग सकिने बताएकी छिन् । तालिबानले अफगानिस्तानका मानिसलाई विभिन्न आश्वासन र वक्तव्य दिँदै आफूहरुलाई विश्वास गर्न आग्रह गरे पनि मानिसहरुमा तालिबानप्रतिको आशंका कायमै छ । तालिबानको यसअघिको शासनकालको कारण पनि मानिसहरुमा एक किसिमको त्रास देखिएको पटेलको भनाइ छ ।‘अहिले उनीहरुले आश्वासन दिएका छन् । यद्यपि उनीहरुको केही कदम अहिलेको वक्तव्यको विपरीत देखिएको छ । त्यसैले मलाई तालिबानले जे भन्छ, त्यो पालना गरोस् र मानिसहलाई बोलीबाट नभई अभ्यासगत रुपमा नै आश्वस्त पारोस् भन्ने लाग्छ’, पटेलले भनिन् ।एजेन्सीहरुको सहयोगमा
हाम्रो बारेमा