देउवालाई विश्वासको मत दिएका एमाले सांसदबीच श्रेष्ठ निवासमा छलफल

DigitalNepal Portal

२०७८ श्रावन २२ गते प्रकाशित

१ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु किसान श्रेष्ठको निवासमा भेला भएर छलफल गरेका छन् ।सांसदहरुको छलफल चलिरहेको बेला नेता माधव कुमार नेपाल पनि पुगेका थिए । प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित श्रेष्ठको निवासमा छलफल भएको हो । भेलामा सहभागी एक नेताले समसामयिक अवस्थाबारे ‘सामान्य चियागफ’ भएको बताए ।तनहुँबाट निर्वाचित श्रेष्ठले ओली कित्ता परिवर्तन गरी नेपाल पक्षमा लागेका छन् ।यो पनि पढ्नुहोस देउवालाई भोट दिएका किसान श्रेष्ठ : अब म माधव समूहको भएँ, महेश बस्नेतहरु नआई सुख छैन
हाम्रो बारेमा