पोखरा विश्वविद्यालयले चितवनमा आंगिक महाविद्यालय शुरु गर्ने

DigitalNepal Portal

२०७८ भाद्र ०२ गते प्रकाशित

१ भदौ, पोखरा । पोखरा विश्वविद्यालयले चितवनमा आंगिक महाविद्यालय शुरु गर्ने भएको छ । मंगलबार विश्वविद्यालय र रत्ननगर नगरपालिकाबीच आंगिक महाविद्यालय विस्तारका लागि छलफल शुरु भएको हो ।विश्वविद्यालय र नगरपालिकाको संयुक्त प्रयासमा चितवनको रत्ननगर नगरपालिका–१२ मा रहेको अनिवार्य निःशुल्क प्राथमिक विद्यालयको नाममा दर्ता रहेको २ बिघा २ कट्ठा जग्गामा आंगिक महाविद्यालय स्थापना गरिने भएको छ । पोखरा विश्वविद्यालयले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै ‘यथाशक्य चाँडो चितवनमा आंगिक महाविद्यालयको स्थापना गर्ने कार्यलाई अगाडि बढाउने,’ उल्लेख गरेको छ ।केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौतापोखरा विश्वविद्यालयले केन्द्रीय कार्यालय विस्तारका लागि सम्झौता गरेको छ । मंगलबार विश्वविद्यालयको वृहत गुरूयोजना अन्तर्गत निर्माण हुन लागेको केन्द्रीय कार्यालय विस्तारका लागि छनौट भएका परामर्शदाता र विश्वविद्यालय बीच सम्झौता भएको हो ।सम्झौता अनुसार परामर्शदाताले ११ लाख ८६ हजार ५ सय लागतमा तयार हुने डिजाइनको काम दुई महिनाभित्र सम्पन्न भई विश्वविद्यालयमा पेश गर्नेछ ।

हाम्रो बारेमा