कैलाली र कञ्चनपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा

DigitalNepal Portal

२०७८ भाद्र ०२ गते प्रकाशित

३२ साउन, धनगढी । कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले भदौ १० गतेसम्म निषेधाज्ञा थप गरेको छ ।सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको तेस्रो लहरको सम्भावना कायम रहेको भन्दै जारी निषेधाज्ञालाई भदौ १० गतेसम्म जिल्लाभर निरन्तरता दिने आदेश गरेका छन् । प्रजिअ रिजालद्वारा जारी आदेशमा सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । मास्कको प्रयोग नगर्नेलाई प्रचलित कानून बमोजिम मंगलरबारदेखि नै जरिवाना गरिने पनि प्रशासनले जनाएको छ ।जारी आदेशको पालन गर्न अनुरोध गर्दै उल्लङ्घन गर्नेलाई प्रचलित कानूनबमोजि कारवाही हुने कुरा समेत आदेशमा उल्लेख गरिएको छ ।कञ्चनपुरमा पनि भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सोमबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गरेका हुन् ।जारी आदेशअनुसार मानिसको बढी भीडभाड हुने सबै प्रकारका सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, रेष्टुरेन्ट, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।खुला स्थानमा मानिसको भेला गराएर भीडभाड, सभा जुलुस तथा भोज भतेर गर्न पनि बन्देज लगाइएको छ । शैक्षिक संस्थाहरुले भौतिक रुपमा उपस्थित भएर पठनपाठन पनि गर्न पाउने छैनन् ।

हाम्रो बारेमा