अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउन राप्रपाको माग

DigitalNepal Portal

२०७८ श्रावन २७ गते प्रकाशित

३२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । सोमबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तालिबानी विद्रोहीले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि शान्ति सुरक्षा खलबलिएको र त्यहाँ रहेका नेपालीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो ।यस्तै राप्रपाले आन्दोलनरत् भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका मुद्दा सम्बोधनका लागि बेलायत सरकारसँग कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने भएकाले युद्धस्तरमा कोरोना विरुद्धको खोप लगाउने कार्य गर्न पनि सरकारसँग माग गर्ने निर्णय गरेको छ ।यसैगरी भदौ मसान्तभित्र वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने पनि राप्रपाले निर्णय गरेको छ । यस्तै असोज १५ भित्र प्रदेश अधिवेशन र असोज २० भित्र सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधि निर्वाचन गर्ने कार्य सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ । राप्रपाको महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि काठमाडौंमा हुँदैछ ।
हाम्रो बारेमा