समाचार

रौतहटमा लागूऔषधसहित

रौतहटमा लागूऔषधसहित एक अनलाइन मिडिया (न्युज पोर्टल) संचालकसहित दुई जना पक्राउ परेका छन् ।सोमबार राति गौरबाट प्रहरीले ईशनाथ नगरपालिका-८ का मो. मोजिबुल्लाह र राजपुर

प्रदेश १

मोहन वैद्यको राजनीतिक प्रतिवेदन : संसदीय व्यवस्थामा देउवा पनि असफल

१ भदौं, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा पनि वर्तमान व्यवस्थामा असफल भएको टिप्पणी गरेका छन् ।पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा  प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गरेका हुन् । देउवा नेतृत्वको गठबन्धन सरकारले पनि जनताका जनजीवीकाका समस्या समाधान गर्न नसक्ने निष्कर्ष वैद्यको प्रतिवेदनमा छ ।बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ । साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

हाम्रो बारेमा